बागलुङमा नेपाल आर्मीका २७ जनामा कोरोना पुष्टि

-



     सफल आवाज    
     असाेज २१ गते २०७७ मा प्रकाशित



पोखरा, २१ असोज । गण्डकी प्रदेशमा बुधबार ५४ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या ४३६७ पुगेको छ । तीमध्ये ३०८० जना निको भएका छन् भने ३६ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार बागलुङ नगरपालिका वडा २ स्थित २३ नं. बाहिनीमा कार्यरत नेपाल आर्मीका २७ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरुको उमेर समूह २२ देखि ४२ वर्षसम्म छ । त्यस्तै, बागलुङ नगरपालिका वडा २ स्थित नेपाल प्रहरीमा कार्यरत् २८ वर्षीय पुरुषमा समेत कोरोना देखिएको छ ।

बागलुङ–२ कै २४ वर्षीय अर्का पुरुष, काठेखोलाका वर्ष २२, २६ र ३० का पुरुष, पोखरा वडा १६ का ३३ र ३५ वर्षीया महिला, ५२ वर्षीय पुरुष, पोखरा–२१ का ४४ वर्षीय पुरुष, लमजुङ राइनास–७ का २३ र २५ वर्षीय पुरुष, सुन्दरबजारका २३ वर्षीय पुरुष, तनहुँको देवघाट ५ का ४३ वर्षीय पुरुष, भानु १ की ३ वर्षीया बालिका संक्रमित भएका छन् । उनीहरु सबैको पीसीआर परीक्षण पोखरामा भएको हो ।

चितवनमा भएको पीसीआर परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटका ९ जना कोरोना संक्रमित भएका छन् । उनीहरु गैँडाकोट १४ का २१ वर्षीय पुरुष, वडा २ का ४७ वर्षीय पुरुष, ३० वर्षीया महिला, वडा ९ का २२ वर्षीय पुरुष, वडा १० की २४ वर्षीया महिला, ४७ वर्षीय पुरुष, वडा १ का ४२ वर्षीय पुरुष, वडा ८ का ५६ वर्षीय पुरुष, वडा नखुलेका ३६ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिका वडा १५ का ७५ वर्षीय पुरुया, देवचुली १४ का ४७ वर्षीय पुरुष, कावासोती नगरपालिका–३ का ६० वर्षीय पुरुष र वडा १३ का ३७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखा परेको हो ।

उता, बुधबार बिहानमात्रै तनहूँ सदरमुकाम व्यास–१२ स्थित कृषि सामग्री कम्पनीमा कार्यरत् ५० वर्षीय पुरुष र व्यास नगरपालिकामा कार्यरत ५१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको थियो ।

त्यस्तै, म्याग्दी सदरमुकाम बेनीस्थित नेपाल आर्मीमा कार्यरत २ जना पुरुषमा संक्रमण देखा परेको जनाइएको थियो । उनीहरु वर्ष ३० र ३६ का हुन् ।