
काठमाडौं, २१ असोज । नेपालमा पछिल्लो समय कोरोना संक्रमितहरुको दर बढ्दै गएको छ । गएको २४ घण्टामा ३४३९ जना कोरोना संक्रमित थपिएका हुन् ।
यो संख्या एकै दिनमा संक्रमित हुनेहरुको संख्यामा रेकर्ड ब्रेक हो । यसअघि यति ठूलो संख्यामा संक्रमित देखा परेका थिएनन् । पछिल्लो समय सबैभन्दा बढी २ हजार ७ सय २२ जनासम्म संक्रमित देखा परेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा १४ हजार २ सय ९ पीसीआर परीक्षणमा ३४३९ जनामा संक्रमण देखा परेको हो ।
थपिएकामध्ये १ हजार ६ सय ८४ जना काठमाडौं उपत्यकामा मात्रै हुन् । देशभर कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । उनीहरुमध्ये ५ सय ७८ जनाको मृत्यु भएको छ ।
यसैगरी, देशभर सक्रिय संक्रमित संख्या बुधबारदेखि २५ हजार पार भएको छ । हाल २५ हजार ७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो समय १ हजार १ सय २९ जना निको भए । कुल निको हुनेको कुल संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
कोरोना संक्रमितमध्ये देशभर संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना बसिरहेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




