
काठमाडौं, १९ भदाै । श्रृजनशील लघुवित्त वित्तीय संस्थाकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले भदौ १५ गतेदेखि भदौ १९ गते आजसम्म सर्वसाधारणको लागि करिब ४ अर्ब रुपैयाँ बराबरकाे सेयर निष्काशन गरेको थियाे ।
संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गरेकाे हाे ।
साे सेयरबाट ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ। १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ। बाँकि ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।
श्रृजनशील लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेकाे छ । जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार रहेकाे छ भने चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। सेयर बिक्रीपछि चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने भएकाे छ।
प्रतिसेयर रुपैयाँ १०० काे दरले घटीमा १० तथा बढीमा १ हजार कित्तासम्मको लागि आवेदन दिन पाइने छ। यसका लागि सेबाेनबाट स्वीकृति लिएका सिआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो सेयर वेबपेज र एप्सबाट पनि आवेदन दिन पाइनेछ।
संस्थालाइ केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी डबल बी माइनस इन्युअर’ रेटिङ्ग दिएकाे छ। याे भनेकाे कम्पनीको वित्तीय दायित्व बहन गर्ने सम्बन्धमा जोखिमकाे संकेत हाे ।
संस्थाकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



