ललितपुर मेयर चिरीबाबु महर्जन कोरोनामुक्त

-



     सफल आवाज    
     असाेज २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ असोज । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । गत असोज ८ मा ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराए ।

उनको बुधबार रिपोर्ट नेगेटिभ आएपछि कोरोनामुक्त भएका हुन् । अब उनी छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुने जनाइएको छ ।

यसैबीच, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ पनि कोरोना सङ्क्रमणमुक्त भैसकेका छन् ।

उता, काठमाडौं ८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र १९ का वडाध्यक्ष विनोद ताम्राकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।