सांग्रिला बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको थप ४ बर्षे कार्यकाल आजबाट शुरू

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ भदौ । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको थप भएको ४ बर्षे नयाँ कार्यकाल आजबाट शुरु भएको छ ।

यही भाद्र ५ गते वसेको बैंक संचालक समितिको २९८ औं वैठकले यस सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल आज भदौ १९ बाट लागुहुने गरी ४ वर्षका लागि थप गरेको थियो ।

साथैं बैकले ग्राहक माहानुभावहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजैबाट सांग्रिला कस्टमर केयरको शुभारम्भ गरी ग्राहक महानुभावहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको बताइएको छ ।

बैंकलाई आम जनमानसले गरेको विश्वास, स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै बितिय सेवा प्रदान गर्दै आएको बैकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले सफल आवाजलाई बताए ।