
काठमाडौं, २० भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले खुलाएको आईपीओका लागि मागभन्दा ५३ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत भदौ १५ गते बुधबारदेखि जारी गरेको आईपीओको २ करोडभन्दा बढी कित्ताको लागि आवेदन परेको हो ।
उक्त आईपीओमा आवेदन दिने म्याद भदौ १९ गते आइतबारसम्म तोकिएकोमा सिडिएस एण्ड क्लियरिङ्गले आज बिहान १० बजेर ११ मिनेटमा अद्यावधिक गरेको तथ्याङ्क अनुसार १९ लाख ११ हजार २४१ आवेदकले २ अर्ब १० करोड २७ लाख ३ हजार बराबरको २ करोड १० लाख २७ हजार ३० कित्ता शेयरको लागि आवेदन दिएका हुन् ।
लघुवित्तले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्कासनमा ल्याएको हो ।
निष्काशित सेयरबाट ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि रहेको छ भने १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । त्यसबाट बाँकी हुने ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।
लगानीकर्ताले भदौ १५ गते देखि भदौ १९ गतेसम्म आवेदन दिन सक्ने र तोकिएको अवधिसम्म माग बमोजिक आवेदन नपरेमा भदौ २९ गतेसम्म म्याद थप गरिने बताइएकोमा अब म्याद थपिरहनु पर्ने आवश्यकता रहेन ।
सेयरमा लगानीका लागि घटीमा १० कित्ता र बढीमा १० अंकले भाग जाने संख्यामा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । यसका लागि सेबाेनबाट अनुमति पाएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर वेबसाइट र एप्सबाट आवेदन दिन पाइने सुविधा थियो ।
संस्थाकाे अधिकृत पुँजी २० करोड तथा जारी पुँजी १० करोड ९३ लाख ७५ हजार र चुक्ता पुँजी भने ७ करोड रुपैयाँ रहेको छ । सेयर बिक्रीपछि चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने भएकाे छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेकाे छ ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



