प्रभु क्यापिटलले यी पदहरूमा गर्याे कर्मचारी माग

-



     सफल आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित




काठमाडौं, २१ भदौ । प्रभु बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित अग्रणी मर्चेन्ट बैंकिङ कम्पनी प्रभु क्यापिटल लिमिटेडले इन्भेष्टमेन्ट म्यानेजर र इन्भेष्टमेन्ट एसाेसियट पदमा कर्मचारी माग गरेको छ । कम्पनीले इन्भेष्टमेन्ट म्यानेजरमा केही र इन्भेष्टमेन्ट एसाेसियट पदमा १ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले भदौ २१ गते मंगलबारको कारोवार राष्ट्रिय दैनिकमा कर्मचारी मागको सुचना प्रकाशित गर्दै उक्त कर्मचारीहरुको लागि आवेदन माग गरेको हो ।

कम्पनीले रोजगार हुन चाहने इच्छुक ब्यक्तिलाई बायोडाटा सहित ७ दिनभित्र प्रभु क्यापिटलको मानव संसाधन विभागको इमेल मार्फत आवेदन दिन भनिएको छ । माग भएका पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव तथा अन्य योग्यता, आवेदन पेश गर्ने इमेल आइडी, आवेदन पेश गर्ने समय अवधी आदिको सम्पूर्ण विवरण सूचनामा खुलाइएकाे छ ।