३ सय नयाँ कोरोना संक्रमित थपिए, १२४ डिस्चार्ज

-



     सफल आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ५९० जनाको नमूना परीक्षण गरिएकोमा ३ सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजा ९८१ जनाको पीसीआर गर्दा १ सय ७७ जनामा तथा २ हजार ६०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२३ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित २ हजार ४५७ मा झरेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।