विश्वभर कोरोनालाई जितेर सामान्य जीवनमा फर्किनेहरू २ करोड ७४ लाख बढी

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ असोज । विश्वमा कोरोना भाइरसलाई जितेर सामान्य जीवनमा फर्किनेहरुको संख्या २ करोड ७४ लाख १२ हजार ३१५ रहेको छ । अहिलेसम्म ३ करोड ६३ लाख ९४ हजार १५६ जनामा संक्रमण भएकोमा १० लाख ६० हजार ४६२ जनाको ज्यान गएको छ ।

अहिले ७९ लाख २१ हजार ३७९ वटा सक्रिय केस रहेका छन । ७८ लाख ५३ हजार ९४९ जनाको अवस्था सामान्य भईरहेको छ । ६७ हजार ४३० जनाको अवस्था भने गम्भिर रहेको छ ।

संक्रमण फैलिएका २१४ देशमध्ये अमेरिका अग्रस्थानमा रहेको छ । त्यहाँ ४९ लाख ८३ हजार ३८० जना निको भईसकेका छन् । ७७ लाख ७६ हजार २२४ जनामा संक्रमण भएकोमा २ लाख १६ हजार ७८४ जनाको ज्यान गएको छ ।

भारत कोरोना संक्रमण फैलिएको दोश्रो पंक्तिमा रहेको देश हो । त्यहाँ ५८ लाख २७ हजार ७०४ जना निको भएका छन् । ६८ लाख ३५ हजार ६५५ जनामा संक्रमण भएकोमा १ लाख ५ हजार ५५४ जनाको ज्यान गएको छ ।

ब्राजिल संक्रमण धेरै फैलिएको तेश्रो देश हो । त्यहाँ ४३ लाख ९१ हजार ४२४ जना निको भएका छन् । ५० लाख २ हजार ३५७ जनामा संक्रमण भएकोमा १ लाख ४८ हजार ३०४ जनाले ज्यान गुमाएका वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।