नेपालमा २ सय २७ मा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ४०१ जनाको नमूना परीक्षण गरिएकोमा २ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजा ५१८ जनाको पीसीआर गर्दा १ सय ३७ जनामा तथा २ हजार ८८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय ६८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको ज्यान गएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित २ हजार ४७३ मा झरेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ५९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।