बेलायती महारानी चिकित्सकीय सुरीवेक्षणमा

-



     सफल आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित



लण्डन, २३ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीय स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहेकी छिन् ।  चिकित्सकहरूले उनको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।

‘आज बिहान थप परीक्षणपछि उहाँलाई मेडिकल सुपरीवेक्षणमा रहन सिफारिस गरिएको छ’, बकिंघम प्यालेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।