
काठमाडौं २६ भदाै । नेपाल प्रहरीले आसन्न प्रदेश तथा संघीय निर्वाचनका लागि १ लाख बढीका लागि म्यादी प्रहरीका लागि आवेदन आव्हान गरेको छ । १ लाख १५ हजार जनाकाे लागि आवेदन माग गरिएकाे हाे ।
म्यादी प्रहरीमा जागिर खान इच्छुक उम्मेदवारले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि इच्छुक उम्मेदवारले प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भुक्तपुरसहित सबै जिल्लामा रहेकाे प्रहरी कार्यालयमा आवेदन दिन सक्नेछन् ।
म्यादी प्रहरीकाे छनोट असोज ९ गतेदेखि असोज १४ गतेसम्म गरीने र अन्तिम नतिजा असोज २५ गते प्रकाशन गरिने भएकाे छ। उनीहरुकाे लागि असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम तथा प्रशिक्षण दिइने भएकाे छ। उनीहरुले ४० दिन सेवा गर्नुपर्ने छ ।
म्यादी प्रहरीकाे तलब प्रतिदिन रु. ८६९ का दरले ४० दिनकाे एकमुष्ट रकम हरेककाे बैंक खातामा रकम जम्मा हुनेछ । उनीहरुले सेवा गरेकाे पारिश्रमिक रु. ३४ हजार ७६० पाउनेछन् ।
यस्तै रासनका लागि प्रत्येकले ७ हजार २०० पाउने छन् । पोसाकलगायतका सामान खरिदका लागि रु.६ हजार पाउनेछन् । हिमाली जिल्लाका लागि भने गाढा निलो रङको कपडाको ज्याकेट किन्न प्रत्येकले थप रु. १ हजार पाउने छन्।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



