
न्युयोर्क, २६ भदौ । एक्काइस वर्षअघि आजकै दिन विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवन, रक्षा मन्त्रालय (पेन्टागन) र पेन्सिलभेनियाको एउटा मैदानमा भएको आतङ्कारी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्झना गरियो ।
पुष्पहार चढाएर तथा मैनवत्ती बालेर दिवङ्गतहरूमा श्रद्धा प्रकट पनि गरियो भने मौन धारण गरेर उनीहरूको चिरशान्तिको कामना गरिएको छ । देशका विभिन्न भागमा पनि दिवङ्गतहरूको सम्झनामा स्मृतिसभा गरिँदै छ ।
उक्त आक्रमणमा तीन हजारभन्दा बढीको असामयिक अवसान भएको थियो । एक्काइस वर्षदेखि अमेरिकाले आतङ्वादविरुद्ध अभियान नै सञ्चालन गरेको छ भने उसले राष्ट्रिय सुरक्षा नीतिमा व्यापक फेरबदल पनि गरेको छ । यद्यपि लक्ष्यित उद्देश्य हासिल नभएको सुरक्षा विज्ञहरूले बताएका छन् ।
आतङ्कवादी सङ्गठन अल कायदा सम्बद्ध १९ जना अरब आतङ्कारीले चार वटा व्यावसायिक विमान अपहरण गरेर जुम्ल्याहा भवनमा आक्रमण गरेका थिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




