१ सय ४ कोरोना सङ्क्रमित थपिए, २ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ५८७ जनाको नमूना परीक्षण गरिएकोमा १ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजा ५९२ जनाको पीसीआर गर्दा ८९ जनामा तथा १ हजार ९९५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २ सय १ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित २ हजार ३१६ मा झरेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क छ । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।