इष्टर्न हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ भदाै । इष्टर्न हाइड्रोपावर लिमिटेडले बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले भदौ ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे ।

कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरकाे लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । सेयरमा आयोजना प्रभावित भोजपुर जिल्लाका जनताले आवेदन दिने पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको छ भन्ने संकेत हाे ।

सेयरमा लगानीका लागि लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुरमा रहेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।