सिक्लेस हाइड्रोपावरको सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ भदाै । सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकाे छ । आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेपछि यसपटक सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याइएकाे हो।

प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयरमा ३४ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि रहेकाे छ । ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुकाे लागि रहेकाे छ । बाँकी रहेकाे १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता र ब ढीमा १ लाख कित्ता सेयर लागि आवेदन दिन पाउने भएका छन्। यसका लागि असोज २ गतेसम्म म्याद ताेकिएकाे छ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा आवेदन दिने म्याद असोज १२ गतेसम्म रहनेछ।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषतमा जोखिम रहेको संकेत हाे ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।