हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ भदाै । हिमालयन बैंक लिमिटेडले बिक्रीमा ल्याएकाे २ अर्ब ५० करोडकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे ।

बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे ऋणपत्र भदौ १५ गतेदेखि ७ वर्ष अवधिको लागि बिक्रीमा ल्याएकाे थियाे । जसकाे नाम ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ रहेकाे छ ।

प्रतिकित्ता रुपैयाँ १ हजार अंकित दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरिएकाे थियाे । जसबाट १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।

बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिएको भएकाे छ। बैंकका अनुसार सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रबाट ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।

ऋणपत्र खरिदका लागि इच्छुक लगानीकर्ताले घटीमा २५ कित्ता तथा बढीमा २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेन्।

केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयरएनपी सिङ्गल ए माइनस इस्यूअर’ रेटिङ्ग दिएकाे छ । याे भनेकाे वित्तीय दायित्व समयमा पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संस्था रहेकाे संकेत हाे ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।