टिभिएसको ‘कायापलट’ योजनाका ग्राहकले जिते शतप्रतिशत क्यासब्याक 

-



     सफल आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ भदौ । जगदम्बा मोटर्सको चाडपर्वलक्षित ‘कायापलट’ योजना सार्वजनिक गरेको आठौं दिन धापासीका भुजेन्द्र सारु मगरले शतप्रतिशत क्यासब्याक जितेका छन् । उनले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्सबाट एनटर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा उक्त पुरस्कार जितेको कम्पनीले जनाएको छ ।

यसैगरी स्याङ्जा, मनकामना-१ का ईम बहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाईल्सबाट एनटर्क १२५ एफ आइ स्कुटर नकिन्दै ४ हजार र किनेपछिे १ लाख गरी १ लाख ४ हजार प्राप्त गरेका छन् ।

यसबाहेक ललितपुरका असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एनटर्क १२५ एफ आइ स्कुटर नकिन्दै २५,००० र किनेपछिे १ हजार गरी २६ हजार रुपैयाँ जितेका छन् । योजनाबारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले रियलमी सी३ स्मार्टफोन जितेका कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचार

टीभीएसको चाडपर्वलक्षित ‘कायापलट’ अफर