वाग्मती प्रदेशकै ठूलो नगरपालिका चन्द्रागिरिमा सङ्क्रमित सङ्ख्या ५५१

-



     सफल आवाज    
     असाेज २३ गते २०७७ मा प्रकाशित



काठमाडौँ, २३ असोज । वाग्मती प्रदेशकै ठूलो नगरपालिका चन्द्रागिरिमा काेराेना भाइरसबाट संक्रमण भएकाहरूकाे सङ्ख्या ५५१ पुगेको छ । उपत्यकाकाे प्रवेशद्वार मानिने चन्द्रागिरिमा पछिल्लाे पटक १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमित सङ्ख्या ५५१ पुगेको हो ।

वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित छन् । यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरसका सङ्क्रमितमध्ये ३४३ निको भएका छन । १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिएका छन । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका र १५ वडा रहेका छन् ।