निलम्बित प्रधानन्यायाधीश राणाको निवासबाहिर सुरक्षामा कडाई

-



     सफल आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा प्रहरीको निगरानी बढाइएको छ । महाअभियोग प्रस्ताव आएसँगै निलम्बित जबराले आफू सर्वोच्च अदालत आउने उद्घोष गरेपछि बालुवाटारमा रहेको उनको निवास अगाडि प्रहरीको तैनाती बढाइएको हो ।

सुरक्षाकर्मीले जबरा निवासबाट बाहिर जान सक्ने भएकाले त्यहाँबाट निस्कने सबै सवारीको कडाईका साथ निगरानी गरिरहेका छन् । संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको उनको तर्क छ ।

त्यसै तर्कमा टेकेर उनले आज सर्वोच्च अदालतमा उपस्थित हुने बताएका थिए । यसैलाई मध्यनजर गर्दै उनलाई निवासबाट निस्किनै नसक्ने हिसाबले सुरक्षामा कडाई गरिएको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा

सुरक्षामा कडाई गरी निवास नै घेरेपछि उनले सरकारले आफूलाई नजरबन्द गर्न सर्वोच्चको ढोकामा र आफ्नो निवासमा प्रहरी परिचालन गरेर अराजकता देखाएको अभिव्यक्ति दिएका छन् ।

निलम्बित प्रन्या राणा कहाँ जान्छन् कसलाई भेट्छन् लगायतका सबै गतिविधिमाथि निगरानी गर्न निर्देशन आएकाले निवास तथा सर्वोच्च अदालतमा सुरक्षा कडा पारिएको प्रहरीको भनाइ छ ।