विश्वमा काेरोनाभाइरस संक्रमणबाट निको हुने दर ९६ प्रतिशत

-



     सफल आवाज    
     असाेज २३ गते २०७७ मा प्रकाशित



काठमाडौंं, २३ असोज । विश्वमा कोरोना भाइरसबाट निको हुने संख्यामा वृद्धि भईरहेको छ । आजसम्मको विश्व तथ्यांकलाई हेर्ने हो भने निको हुने दर ९६ प्रतिशत रहेको छ । अहिलेसम्म २ करोड ७६ लाख ९१ हजार ३५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् । यो निको हुने दर भनेको ९६ प्रतिशत हो ।

विश्वमै कोभिड १९ को कारण मृत्यु हुने दर ४ प्रतिशत मात्रै रहेको छ । अहिलेसम्म १० लाख ६७ हजार ४६८ मानिसले ज्यान गुमाएका छन् । कुल संक्रमित ३ करोड ६७ लाख ९२ हजार ९०६ जनामा १० लाख ६७ हजार ४८६ को ज्यान जानु भनेको ४ प्रतिशत हो ।

हाल कोरोनाका सक्रिय विरामी ८० लाख ३४ हजार ४०३ जना रहेका छन् । ७९ लाख ६६ हजार ४१९ जनाको अवस्था सामान्य भईरहेको छ । यो भनेको ९९ प्रतिशत मानिस निको हुन लागेको जनाएको हो । अहिले ६७ हजार ९८४ जनाको अवस्था गम्भिर रहेको छ । यो संख्या १ प्रतिशत मात्रै हो ।
आज विश्वभर ५४ हजार मानिसमा संक्रमण पोजेटिभ देखिएको छ । १ हजार ५६ जनाले ज्यान गुमाएका छन् । बंगलादेशमा १ हजार २८७ जना संक्रमित नयाँ देखिएका छन् भने १७ जनाको ज्यान गएको छ ।

इजरायलमा १ हजार ३१० जना नयाँ संक्रमित थपिएका छन भने १५ जनाको मृत्यु भएको छ । स्लोभाकियामा १ हजार १८४ नयाँ थपिएका छन् । पोल्याण्डमा ४ हजार ७३९ जना संक्रमित थपिएका छन् भने ५२ जनाको ज्यान गएको छ ।

अष्ट्रियामा १ हजार १३१ नयाँ संक्रमित थपिएका छन । इन्डोनेसियामा ४ हजार ९४ जना नयाँ संक्रमित थपिएका छन् भने ९७ जनाको मृत्यु भएको छ । फिलिपिन्समा २ हजार ९९६ जना संक्रमित थपिएका छन् भने ८३ जनाको ज्यान गएको छ ।

रसियामा १२ हजार १२६ नयाँ संक्रमित देखिएका छन् । २०१ जनाको ज्यान गएको छ । युक्रेनमा ५ हजार ८०४ जना नयाँ संक्रमित थपिएका छन् भने ८९ जनाको ज्यान गएको छ । भारतमा आज २ हजार ३३९, बेल्जियममा ५ हजार ७२८, मेक्सिकोमा ५ हजार ३०० जना नयाँ संक्रमित थपिएका छन् । आज मेक्सिकोमा ३७० जनाको ज्यान गएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।