आजदेखि थप काउन्टरबाट ई-सिम वितरण गर्दै टेलिकम

-



     सफल आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ असाेज । नेपाल टेलिकमले सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकलाई निःशुल्क ई–सिम वितरण गरिरहेकोमा आजदेखि कम्पनीका थप ग्राहक सेवा केन्द्रहरुबाट वितरण शुरु गरेकाे छ ।

आन्तरिक परीक्षण र प्रयोग सफल भएपछि टेलिकमले ग्राहकमाझ प्रबर्द्धनात्मक परीक्षणका रुपमा वितरण शुरु गरेकाे हाे ।कम्पनीसँग अधिक संख्या मौज्दात रहेको जनाइएकाे छ। 

ग्राहकको सुविधालाइ ध्यानमा राखेर शुरुमा सुन्धारामा रहेकाे ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई-सिम आजदेखि थप ग्राहक सेवा केन्द्रहरु नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी, पुलचोकलगायतका केन्द्रबाट वितरण हुँदैछ ।

मोबाइल सेटमा ई–सिम चलाउन क्यूआर कोडमाबाट स्क्यान गर्नुपर्छ । क्यूआर कोडको भएका मोबाइल सेटमा मात्र ई-सिमलाइ प्रयोगमा ल्याउन सकिने टेलिकमले जनाएकाे छ ।

कसरी थाहा पाउने आफ्नो मोबाइलबाट

आफ्नो मोबाइलमा *#06# डायल गरेपछि गर्दा ईआईडी लेखिएको संकेत मेसेज र नम्बरहरु आयाे भने साे सेटमा ई-सिम चल्छ भनेर यकिन हुनसक्छ । आइफोन र एन्ड्रोइडकाे सिस्टम भएका मोबाइलमा भएका सुविधा थाहा पाएर ई-सिम चल्ने वा नचल्ने बारेमा थाहा पाउन सकिन्छ ।  

नेपाल टेलिकमले अहिले सिम राखेर चलाइरहेका पोस्टपेड र प्रिपेड सिम भएका सेटमा निःशुल्क ई–सिम परिवर्तन गर्न सकिने जनाएकाे छ। यसका अलावा नयाँ पोस्टपेड लिएर हालको बिक्री मूल्यमा ई-सिम दिन सकिने जनाइएकाे छ । टेलिकमले नयाँ प्रिपेड सिम लिन चाहनेलाई केहि समयपछि उपलब्ध गराउने जानकारी दिएकाे छ। 

ई-सिम फाेनमा भएपछि अहिलेको भाैतिक सिम राखेर चलाए जस्ताे अवश्था हुनेछैन । ई-सिम राखेपछि फोनमा कुरा गर्न वा इन्टरनेट काम सजिलै गर्न सकिने छ ।