राधी विद्युत कम्पनीको हकप्रदमा कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ असाेज । राधी विद्युत कम्पनीले आजदेखि ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे छ। कम्पनीले १ः१.४७५२ काे रेसियाेमा हकप्रद सेयर बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीले सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरेकाे थियाे । भदौ ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । 

इच्छुक लगानीकर्ताले सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली, मुक्तिनाथ विकास बैंक इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङ बेसीशहरस्थित शाखाबाट आवेदन दिन पाइनेछ ।  

कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रुपैयाँ रहेकाेमा हकप्रद सेयर बिक्री भएपछि चुक्ता पूँजी रुपैयाँ १ अर्ब ६० करोड पुग्नेछ । 

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।