
काठमाडौं, ५ असोज । ‘नाडा इभि एक्स्पो २०२२’ का बेला दैनिक दिउँसो २ बजेदेखि ५ बजेसम्म नाडा इभि चौतारी सेमिनार सञ्चालन हुने भएको छ । यो सेमिनार नाडाले यूएसएआईडीको सहकार्यमा सञ्चालन गर्ने बताइएको छ ।
नेपाल अटोमोबाइल डिलर्स एसोसियशन नाडाले यही असोज ७ देखि ९ गतेसम्म आयोजना गर्ने ‘नाडा इभि एक्स्पो २०२२’ चलिरहँदा नाडा इभि चौतारी सेमिनार पनि सञ्चालन हुने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिएका छन् ।
नाडा इभि चौतारी सेमिनार विशुद्ध विद्युतीय सवारी, ऊर्जा, सरकारी नीति, विद्युतीय सवारी व्यवसायसम्बन्धी लगानी, बजारीकरण आदिमा केन्द्रित हुने नाडाका महाप्रबन्धक राम राज प्रताप भण्डारीले सफलआवाजलाई जानकारी दिए ।
असोज ६ गतेबाट शुरु हुने एक्स्पोमा ७ देखि ९ गतेसम्म सर्वसाधारणले उपस्थिति जनाउन पाउने र तीनै दिन अपराह्न २ बजेदेखि ५ बजेसम्म ईभी चौतारी सेमिनार पनि सञ्चालन हुने उनको भनाइ छ ।
सेमिनारलाई ३ अलग अलग विषयमा छुट्याइएको बताउँदै उनले भने, ‘पहिलो दिन ईभीको प्रविधि विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । यसैगरी दोस्रो दिन विद्युतीय सवारी व्यवसायका लागि आवश्यक लगानी र तेस्रो दिन विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सरकारी नीति के कस्तो छ र ती नीतिहरुमा आवश्यक थपघट गर्ने वा नयाँ नीति ल्याउने बारेमा गैर राजनीतिक विज्ञहरुबाट विचार आदानप्रदान हुनेछ ।’
महाप्रबन्धक भण्डारीका अनुसार इभिका विविध पक्षमा अन्तरक्रिया गरी अनुभव साट्नका लागि चीन र भारतलगायतका अन्तरराष्ट्रिय विज्ञका साथै तथा इभि सम्बन्धी विशेष दक्षता र प्रशिक्षण हासिल गरेका नेपाली विज्ञहरु उपस्थित हुनेछन् । डेंगु संक्रमणका कारण विदेशी विज्ञ उपस्थित हुने वातावरण नबनेमा नेपालका विज्ञहरुकै उपस्थितिमा सेमिनार सञ्चालन हुनेछ ।
सम्बन्धित समाचार
नाडा ईभी एक्सपोमा ४० भन्दा बढी स्टल रहने
नाडा ईभी एक्सपो २०२२ को टिकटिङ्ग पार्टनर खल्ती: २५% क्यास ब्याक पाइने








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




