
काठमाडौं, ५ असोज । काठमाडौं महानगरपालिकाले ४१ ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशनसहितको पत्र पठाएको छ । महानगरले विभिन्न ४१ संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न पत्रमार्फत् निर्देशन दिएको हो ।
यसरी पत्र काटिएकामा रेडक्रस, स्काउट, बरुण वेभरेज, रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मल लगायत छन् । यी संस्थालाई १० दिनभित्र वडा कार्यालयमा सम्पत्ति र घरबहाल कर तिर्न भनिएको छ । नतिरेको खणंडमा सरकारी बाँकी सरह असुल उपर गरिने महानगरको सूचनामा उल्लेख गररिएको छ ।
पत्र काटिएका अन्य संस्थामा जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्स्योरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, एनआरटी क्लब रहेका छन् ।
यसबाहेक बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, , ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइल पनि सूचीमा छन् ।
यसैगरी भीजी अटोमोबाइल्स, आर्दशनगर बिजनेस प्रालि, नेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडिज प्रालि, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, स्टार होल्डिङ्स, पुण्य मेन्सन प्रालि, रिद्धिसिद्धि डेभलपर्स लाई पनि पत्र काटिएको छ ।
पत्र काटिएका व्यक्तिहरुमा रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरे/सानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकार/विजयरत्न ताम्राकार, बसुन्धरा तुलाधर, पुरुषोत्तम संघइ र किरण संघई रहेका महानगरले जनाएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



