
पोखरा, २४ असोज । गण्डकीमा प्रदेशका थप २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा दुवै जना पुरुष हुन् ।
स्याङ्जाको आँधिखोला ६ घर भइ हाल बुटवलमा बस्दै आएका ८१ वर्षीय पुरुषको गएराति पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई शुक्रबार मात्र कोरोना पुष्टि भएको थियो । उनी मिर्गौला र मुटुका रोगी समेत थिए ।
त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ताप पूर्व) को गैँडाकोट १ का ३६ वर्षीय पुरुषको शुक्रबार दिउँसो कलेज अफ मेडिकल साइन्स चितवनमा मृत्यु भएको छ । उनलाई गत असोज २० मा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सहित गण्डकीमा कोरोना संक्रमितमध्ये मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
यसैबीच, प्रदेशमा शनिबार दिउँसोसम्म कुल संक्रमित संख्या ४ हजार ६ सय ९२ पुगेको छ । शनिबार मात्रै ७५ जना थप भएका हुन् । शनिबार पोखरामा २६ जना संक्रमित भेटिएका हुन् ।












पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




