
काठमाडौं, ७ असाेज । समिट लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे ।
संस्थापक सेयरमा लगानी गर्न लघुवित्तमा रहेका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । संस्थापक सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएकाे छ ।
सेयरधनीहरुले ताेकिएकाे मितिसम्म काभ्रेकाे बनेपा १० मा रहेकाे संस्थाको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्ने छ । यस्तै लिन चाहेकाे सेयरकाे संख्या र मूल्य खुलाएर आवेदन दिनुपर्ने छ ।
लघुवित्तका अनुसार संस्थाले ताेकेकाे मितिसम्म संस्थापकहरुबाट निवेदन आवेदन नपरेकाे खण्डमा अन्य व्यक्ति वा संस्थाहरुलाई सेयर बिक्री गरिनेछ ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



