कम्बोडियामा डुङ्गा दुर्घटना, २३ चिनियाँ नागरिक बेपत्ता

-



     सफल आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित



कम्बोडिया, ७ असोज । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् । यसबारेमा शुक्रबार एक सेथानीय अधिकारीले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका हुन् ।

४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा दुर्घटनामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले अन्तरराष्ट्रिय समाचार समिति एएफपीलाई बताएका हुन । डुङ्गामा रहेका १८ जनाको उद्धार गरिएको जनाइएको छ ।