सशस्त्र प्रहरी बलमा १६२ जनाका लागि रोजगारीको अवसर

-



     सफल आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ असाेज । जागिरकाे खाेजिमा रहेकाहरुकाे लागि सशस्त्र प्रहरी बलमा जागिर खाने माैका रहेकाे छ । प्रहरी बल निर्देशनालयले १६२ जनाका लागि नयाँ भर्ना खुला गरेको छ। 

सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) साधारण उपसमूहतर्फ ७१ जना, सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कानून उपसमूहतर्फ ८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) साधारण उपसमूहतर्फ ८१ जना गरी कुल १६२ जनाका लागि लागि दरखास्त आव्हान गरेकाे हाे ।

जागगिरमा खान र ताेकिएकाे क्षेत्रका काम गर्न याेग्य इच्छुक उम्मेदवारहरुले असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म दरखास्त भरेर बुझाउन सक्नेछन्। 

सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह र कानून उपसमूहतर्फको पदका लागि सशस्त्रको प्रधान कार्यालय स्वयम्भु, सुनसरीको कपलीमा रहेको नं १ बराह बाहिनी मुख्यालय, महोत्तरीको बर्दिबासमा रहेको नं २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट फाराम पेश गर्न सकिने भएकाे छ ।

यस्तै, पोखराको नं ४ मुक्तिनाथ बाहिनीको मुख्यालय, कपिलवस्तु चन्द्रौटाको नं ५ बाहिनीको मुख्यालय, सुर्खेतको बांगेसिमलको नं ६महेश्वरी बाहिनीको मुख्यालय र कैलालीको अत्तरियामा रहेको नं ७ वैद्यनाथ बाहिनी मुख्यालय फाराम भरेर बुझाउन सक्नेछन् ।

यसका बारेमा थप जानकारी लिनका लागि तल बक्समा रहेकाे सूचना पढ्नुहाेला ।