डा. केसी र सरकारबीच मध्यरातमा सहमति

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ असोज । चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै अनशन बस्दै आएका सत्याग्रही प्राडा गोविन्द केसी र सरकारी टोलीबीच सहमति जुटेको छ ।

१९ औं पटक अनशन बसेको २७ औं दिनमात्र शनिबार मध्यराति त्रिवि शिक्षण अस्पतालमा ८ बुँदे सहमति भएको हो ।

सहमति भएसँगै डा. केसीले आइतबार अनशन तोड्ने भएका छन् । पछिल्ला २ दिन भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

यसअघि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको गरेको थियो ।

उता, डा केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्य वार्ता टोली बनेको थियो ।

यस्तो छ सहमति: