
काठमाडौं, ९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
१ हजार २०६ सय जनाको पीसीआर गर्दा ४० जनामा तथा १ हजार ८१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैले ज्यान गुमाएका छैनन् । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित १ हजार २२३ मा झरेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाहरुको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।








पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




