
काठमाडौं, १० असोज । एनसीसी बैंक र कुमारी बैंक मर्जरमा जाने भएका छन् । यी दुवै बैंकले आज मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । मर्जर हस्ताक्षर कार्यक्रम काठमाडौंको मेरियट होटलमा सम्पन्न भएको हो ।
सम्झौतापत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला तथा कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । यी दुई बैंकबीचको स्वाप रेसियो १:१ रहेको छ । दुई बैंकबीच मर्जर भएर नयाँ बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने बताइएको छ ।
नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरमा जान निर्देशन दिएको २ हप्तामात्र भएको छ । केन्द्रीय बैंकको निर्देशन अनुरुप नै तयारी गरिएको मर्जरले सोमबारको आधिकारिक हस्ताक्षरपछि मूर्त रुप लिएको हो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



