
काठमाडौं, १२ असोज । बीमा समितिमा लघु बीमा कम्पनीको लाइसेन्सका लागि ७ कम्पनीको आवेदन परेको छ । समितिले आवेदन खुलाएको केही दिन कुनै आवेदन नपरे पनि लगभग म्याद सकिँदै गर्दा ७ ओटा कम्पनीले आवेदन दिएका हुन् । यसका लागि आवेदलन दिने म्याद भोलि बिहीबारसम्म रहेको छ ।
चालु आर्थिक वर्षको बजेटमा उल्ल्ख भए अनुसार समितिले गत भदौ १० गते लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको थियो । यसका लागि शुरुवाती दिनमा कसैको आवेदन नपरे पनि आजसम्म ७ कम्पनीले लाइसेन्सको लागि आवेदन दिएका समितिले जनाएको छ ।
अहिलेसम्म परेका आवेदनमा ३ ओटा जीवन र ४ ओटा निर्जीवन कम्पनीका रहेको समितिले जनाएको छ । आवेदन दिनेहरुमा स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा र गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । समितिका अनुसार निर्जीवनतर्फ नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् ।
समितिले औपचारिक रुपमा लघुबीमा कम्पनीका लागि प्रस्ताव आह्वान गर्नुअगाडि झण्डै १ दर्जन कम्पनीले स्व:स्फूर्त रुपमा आवेदन दिएकोमा सकितिले त्यसलाई खारेज गरेको थियो । खार्जीपछि औपचारिक रुपमा गरिएको आह्वान अनुरुप ७ कम्पनीको आवेदन परेको समितिको भनाइ छ ।
समितिले ३ जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको हो । संयोगवश आजसम्म आह्वान बमोजिमकै ७ कम्पनीको आवेदन परेको छ । भोलि बिहीबारसम्म आवेदन दिने म्याद रहेको छ ।
प्रस्तावित लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड हाराहारी हुनुपर्ने व्यवस्था रहेको छ । यसबाहेक प्रस्ताव गर्ने संस्थापकहरु एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुमा हुन नहुने अनिवार्य गरिएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



