
कोलम्बो, १३ असोज । श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ ।
कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्ती रिपेलेन्ट (पटाका) आवश्यक पर्ने बताए। हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा गाउँ निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको उनले बताए।
लामो समयदेखि जारी द्वन्द्वमा मानव र हात्तीको थप मृत्यु हुन नदिन स्थायी समाधानका लागि कदम चालिएको उनले विश्वास दिलाए। पछिल्लो हात्ती गणनाअनुसार श्रीलङ्कामा हात्तीको सङ्ख्या करिब छ । उपलब्ध तथ्याङ्कअनुसार मानव–हात्ती द्वन्द्वका कारण वर्षेनी करिब ३०० हात्तीको मृत्यु हुने गरेको छ भने १०० भन्दा बढी मानिसको ज्यान समेत जाने गरेको छ ।
सन् २०१९ मा मानव–हात्ती द्वन्द्वमा श्रीलङ्कामा सबैभन्दा बढी ४०७ हात्तीको मृत्यु भएको थियो । श्रीलङ्कामा जङ्गली हात्तीको हत्या गर्नु फौजदारी अपराध हो तर आक्रोशित गाउँलेहरूले जनावरलाई विष खुवाएर वा गोली हानेका समाचारहरू बारम्बार आइरहेका छन् ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




