
पोखरा, १३ असोज । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफु गण्डकी प्रदेश सभा सदस्यका लागि अन्तिम एकपटक उठ्ने चाहना व्यक्त गरेका छन् । उनले संसदीय दलको नेता र मुख्यमन्त्री हुने बाटो खुल्ला भएकाे बताएका छन् ।
अब एक पटक मात्रै प्रदेश सभा सदस्यका लागि चुनावमा होमिन तयार भएको छु । मैले अघिल्लो चुनावमा कास्की क्षेत्र नं २ को ख बाट प्रत्येक्ष निर्वाचनमा जित हाँसिल गरे जस्तो नतिजा यसपालि पनि निकाल्न सक्छु । उनले भने, तर पार्टीले मलाई योग्य ठानेर टिकट दियो भने मेरा लागि त्यो संभव पनि छ । किनभने म जनतामा निरन्तर पुगेकाे छु।
म व्यवसायबाट राजनीतिमा आएको मान्छे । राजनीतिमा लाग्दा २ रुपैयाँ नलिने र खान पनि नदिने उदेश्यसहित आएको मान्छे हो । पेशा र व्यवसाय त मेरो छदैछ । अब राजनीतिमा आईसकेपछि यो मेरो सेवाको क्षेत्र हो पेशा होईन भन्ने राम्ररी हेक्का राखेको छु । जसले राजनीतिलाई सेवा बनाउन सक्दैन उ पलायन भएर जाने उनकाे भनाई थियाे ।
मन्त्री थापाले आज पोखरामा पत्रकारहरुमाझ आफ्नो १४ महिने कार्यकालको फेहरिस्त तथा प्रदेश सभा सदस्य भएपछि हालसम्मको अर्थात २०७४ सालदेखि हालसम्मको खर्चकाे विवरण सार्वजनिक गर्दै बाँकी राजनीतिक जीवनमा पनि राजनीतिलाई सेवा बाहेकको अर्को नजरले नहेर्ने प्रतिज्ञा गरेको बताए ।
मन्त्री थापाले भने, मेरो निर्वाचन क्षेत्र कास्की २ ख बाट अन्य साथीहरुको पनि चर्चा चलिरहेको पाएको छु । चुनावमा उठ्न पाउनु सबैको अधिकारको कुरा हो । पार्टीले मलाई, मेरो कामलाई मूल्यांकन गर्यो र टिकट पाए भने म जितेर खुसि बाड्न हतार छु । किनभने मैले अघिल्लो पटक जितेर देखाएँकै हाे । आफ्नो क्षेत्र वा अन्य क्षेत्रमा पनि जनतासंग घुलमिल गर्ने वातावरण र अनुभव बटुलेकाेले त्यहाँबाट मलाई धेरै नै आशा पलाएकाे छ ।
मैले यो कार्यकाल भरी कुनैपनि तलव भत्ता र सेवा नलिएर बरु त्यसमा रकम थपेर समाजसेवामा खर्च गरें । जनताका ससाना आवश्यक्ता पनि प्राथमिकतामा पार्नु पर्दो रहेछ भन्ने मलाई लाग्याे र काम गरे । जस्तो: खानेपानी, पाईप फेर्ने, सरसफाई, कुलाे, टोलको समस्या, सामाजिक संस्थाको घर, समूहका आवश्यक्ता, ट्याङ्की निर्माणलगायतका यस्ता पनि महत्वपूर्ण हुने रहेछन् । मैले यी कुराहरुमा ध्यान दिएको जस्तो लाग्छ र जनताबीच नजिक छु।
म उठ्न चाहेकाे क्षेत्रमाढ आफ्नो पार्टीकै भएपनि स्वस्थ प्रतिष्पर्धा र इमान्दारीको खाँचो रहेकाे बताए । यसमा मेरो सतप्रतिशत प्रतिवद्धता रहेको छ । पार्टीले टिकट दिएको खण्डमा मेरो क्षेत्रबाट सहजै चुनाव जित्नेमा शंका नै छैन। मलाई संसदीय दलको नेता बन्ने र मुख्यमन्त्री हुने बाटो खुल्ला रहेको छ । मसंग त्याे आत्मबल पनि छ उनले भने। थापाले टिकट नपाएकाे खण्डमा पाउने साथीलाई समर्थन र सहयाेग रहने बताए ।
मन्त्री थापाले २०७४ साल देखि हालसम्मको खर्चको विवरण सुनाउँदै भने, मेरो बैंक खातामा ४० लाख ७१ हजार २४९ रुपैयाँ ३९ पैसा जम्मा भयो । यो रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सुवा सुविधाको हो उनले भने । निर्वाचित भएदेखि हालसम्म विकास र सामाजिक कार्यमा ५८ लाख २९ हजार ६६ रुपैयाँ ५२ पैसा खर्च गरेको विवरण सुनाए ।
मन्त्री थापाले नयाँ राजनीतिक संरचना अनुसार पहिलो निर्वाचित भएपछिको कार्यकाल कतिपय अवश्थामा सोचे जस्तो नभएको, जनतामा चाहेजति भिज्न नसकिएको भएपनि सरकारको चुस्त दुरुस्त कामका लागि अब बाटो तय भएको बताए । कार्यक्रममा उनले राजनीतिक रुपमा कुनैपनि फाईदा वा सेवा, सुविधा नलिने र आफुले पाउने सेवा सुविधाहरु सामाजिक कार्यमा लगाउने प्रतिवद्धता सधैंका लागि लागू गर्ने सो अवसरमा दाेहाेर्याए।
आपनो कार्यकालमा बडो मेहनतकासाथ सर्वपक्षिय छलफलबाट संचार विधेयक ल्याएको भएपनि प्रतिपक्षले विधायन समितिको छलफलमा पनि नआउने र संसदमा पनि उपस्थित नहुने बताएपछि त्यति कै रहेको बताए । उनले भने यो महत्वपूर्ण विधेयक प्रदेशको सम्पतिको रुपमा संरक्षित छ । आशा छ आगामी सरकारले पक्कै ल्याउने छ ।
मन्त्री थापाकाे २०७४ सालदेखि हालसम्मको खर्चकाे विवरण






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



