आज स्वदेश फर्किएका क्रिकेटर सन्दीप विमानस्थलबाटै पक्राउ

-



     सफल आवाज    
     असाेज २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० असोज, । क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई हतकडी लगाएर लगिएको प्रहरीले जनाएको छ।

लामिछानेले स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् हिजाे दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न केही ढिलाइ भएको थियो ।