विश्वभर कोरोना संक्रमणबाट निको हुने संख्या ३ करोड नजिक

-



     सफल आवाज    
     असाेज २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट निको हुनेहरुको संख्या ३ करोड नजिक पुगेको छ । हालसम्म २ करोड ८३ लाख ५० हजार ५२० जना निको भएर सामान्य जीवनमा फर्किएका छन् । यो निको हुने दर ९६ प्रतिशत हो ।

विश्वभर ८२ लाख ४७ हजार ५३० संक्रमितहरुको अवस्था सामान्य भईरहेको छ । उनीहरु निको हुने चरणमा रहेका छन् । यो भनेको ९९ प्रतिशत हो । विश्वभर अहिले जम्मा ६८ हजार ७३६ संक्रमित गम्भीर अवस्थामा रहेका छन् । यो १ प्रतिशत हो ।

कोरोनाको सबैभन्दा बढी संक्रमण भएको देश अमेरिकामा ५१ लाख २८ हजार १६२ जना निको भएका छन् । त्यहाँ ७९ लाख ९१ हजार ९९८ जनामा संक्रमण भएकोमा २ लाख १९ हजार ६९५ जनाको ज्यान गएको छ ।

दोश्रो धेरै संक्रमण भएको देश भारतमा ६१ लाख ४९ हजार ५३५ जना निको भएका छन् । ७१ लाख २० हजार ५३८ जनामा संक्रमण भएकोमा १ लाख ९ हजार १८४ जनाको ज्यान गएको छ ।

तेश्रो धेरै संक्रमण भएकाे देश ब्राजिलमा ४४ लाख ७० हजार १६५ जना निको भएका छन् । ५० लाख ९४ हजार ९७९ जनामा संक्रमण भएकोमा १ लाख ५० हजार ५०६ जनाले ज्यान गुमाएका छन् ।

चौथो धेरै संक्रमण भएको रसियामा १० लाख २० हजार ४४२ जना निको भएका छन् । १२ लाख ९८ हजार ७१८ जनामा संक्रमण भएकोमा २२ हजार ५९७ जनाको ज्यान गएको छ । रसियाले योबीचमा कोरोनाविरुद्ध स्पुतनिक भि खोप बनाएर परिक्षण पनि गरिसकेको छ ।

पाँचौ धेरै संक्रमण भएको देश कोलम्बिया रहेको छ । त्यहाँ ७ लाख ८९ हजार ७८७ जना निको भएका छन् । ९ लाख ११ हजार ३१६ जनामा संक्रमण भएकोमा २७ हजार ८३४ जनाको ज्यान गएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।