आज दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा

-



     सफल आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ असाेज। आज दशैको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा । घटस्थापनामा उमारेकाे जमरालाई विधिपूर्वक नदी वा जलाशयमा सेलाउने दिन ।

कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको सुरुवाती दिनकाे रुपमा पनि लिइने गरिएकाे छ । याे दिनमा सम्पूर्ण परिवारका सदस्यहरू जम्मा भएर दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएपछि जमरालाई नदीमा वा जलाशयमा लगेर सेलाउने गरिन्छ।

कोजाग्रत पूर्णिमा पछि आकाश बत्ती बाल्ने चलन छ रहेकाे छ । आजकाे दिन तराइका अधिकांश गाँउहरुमा रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन छ ।