झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्दै ओली

-



     सफल आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित



झापा, २३ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि झापाकाे दमकमा उम्मेदवारी दर्ता गराउने भएका छन् । उनले झापा क्षेत्र नम्बर ५ बाट पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने भएका हुन् । 

उम्मेदवारी दर्ताका लागि ओली शनिबारै दमक पुगेका छन् । आज १२ बजे दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गर्ने तय भएको उनको निजी सचिवालयले जनाएको छ । 

त्यस्तै एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का लागि टोखाबाट, तथा महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँने बताइएको छ ।