
मनिला, २३ असोज । फिलिपिन्समा पछिल्लो एक दिनमा मात्र कोभिडबाट कम्तीमा पनि ३९ जनाको ज्यान गएको बताइएको छ । यहाँ शनिबार कोभिडबाट ३९ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुका अनुसार यहाँ कोभिडबाट शनिबार अघिको २४ घन्टामा मात्र दुई हजार एक सय ९७ जना सङ्क्रमित भएका थिए । दक्षिणपूर्वी एसियाली यो देशमा अहिलेसम्म कोभिडबाट ३९ लाख ६५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ ।
यहाँ अहिलेसम्म कोभिडबाट ६३ हजार दुई सय ३० जनाको ज्यान गएको पाइएको छ । साथै कोभिडबाट यहाँ २७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । यस देशको मेट्रो मनिला सहरमा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् । अहिले पछिल्लो समयमा फिलिपिन्समा कोभिडका संक्रमितहरु घट्दै गएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




