
काठमाडौं, २४ असाेज । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे छ । राष्ट्र बैंकले जारी गर्ने साे ट्रेजरी बिलहरू २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि रहेका छन्।
साे बिलहरू असाेज २५ गते मंगलबार जारी हुने भएका छन्। यसका लागि आज साेमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको जानकारी दिएकाे छ ।

यो कात्तिक २२ गते परिपक्व हुने भएकाे छ । ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो पुस २६ मा परिपक्व हुनेछ ।
बैंकले अर्काे १८२ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो बिल चैत २८ मा परिपक्व हुने जनायएकाे छ ।
यस्तै राष्ट्र बैंकले १ वर्षे अवधिकाे ३ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको छ। यो २०८० साल असोज २३ गते परिपक्व हुने उल्लेख छ । राष्ट्र बैंकले यसप्रकारकाे बिल १ वर्ष वा त्याेभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन यस्ताे अल्पकालीन ऋणपत्र जारि गर्नेगर्छ।
यसका लागि सबै श्रेणीमा रहेका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक ट्रेजरी बिलको बोलकबोलमा सामेल हुन पाउनेछन् । यसमा धेरै मूल्य राख्ने संस्थालाई प्राथमिकता दिइने भएकाे छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



