मलामी गएका १३ जना बेपत्ता, खोजी जारी

-



     सफल आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित



कालिकोट, २४ असोज । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा मलामी गएका १३ जना बेपत्ता भएका छन् । बेपत्ता भएका सबै १३ जना तिलागुफा नगरपालिकाको राँचुली गाउँका रहेका बताइएको छ । शनिबार मृत्यु भएका हेमराज शाहीको मलामी गएकामध्ये १३ बेपत्ता भएका कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सफलआवाजलाई जानकारी दिए ।

‘शनिबार ४-५ बजेतिर मलामी गएकामध्ये १४-१५ जना बेपत्ता भएको र सञ्चार समयमै सञ्चार हुन नसकेकोले हामीलाई आज सोमबार बिहान घटनाबारे सूचना आयो । सूचना आएलगत्तै प्रहरीहरु घटनास्थलमा पठाइएको छ । शुरुमा १४-१५ जना भने पनि त्यहाँ खटाइएका प्रहरीहरुले हामीलाई १३ जना बेपत्ता भएको आधिकारिक जानकारी दिएका छन्’, प्रजिअ शर्माले भने । उनका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको र यसबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।