
काठमाडौं, २४ असोज । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको गत असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
हाल कायम चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति मागेको कम्पनीले जनाएको छ । राष्ट्र बैंकले आगामी वार्षिक तथा विशेष साधारण सभाबाट पारित भएपछि उक्त हकप्रद सेयर निष्कासनको लागि सहमति दिएको थियो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्ने बताइएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



