
काठमाडौं, २४ असोज । नाबालिग बलात्कारको आरोपमा पक्राऊ परेका सन्दीप लामिछानेले जाहेरीवाला नाबालिग नभएको दावी गरेका छन् ।
म्याद थपका लागि आज सोमबार आरोपित लामिछानेलाई प्रहरीले जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । लामिछानेसँग न्यायाधीशले घटनाबारे सोधपूछ गरेका थिए । सोही क्रममा लामिछानेले जाहेरीवालाकै आग्रहमा होटलमा गएको र उनी नाबालिग पनि नभएको दावी गरेका हुन् ।
लामिछानेले जाहेरीवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको आरोपितका वकिल सरोजकृष्ण घिमिरेले पनि दोहोर्याए । जाहेरीवालाले आफू १९ वर्षको भएको इजलास समक्ष बताएको घिमिरेको भनाइ छ ।
उनका अनुसार इजलासमा आरोपित लामिछानेले पनि आफ्नो गोपनीयता भंग भएको र त्यसको कानुनी उपचार के कसो हुन्छ भनेर चासो राखेका थिए । त्यसपछि न्यायाधीशले सन्दीपलाई मुद्दाको सुनुवाइका क्रममा यो विषय उठाउन सुझाव दिएका थिए ।
अर्का अभिवक्ता सुधा रिजालले जाहेरीवालको दुई ओटा जन्मदर्ता भेटिएकोफ बताउँदै लामिछानेलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दावी गरेकी छिन् । अहिलेको जन्मदर्तामा उनको उमेर बालिग देखिएको बताउँदै रिजालले लामिछानेलाई फसाउन खोज्नेहरुले ती जाहेरीवालालाई परिचालन गरेको आशंका पनि व्यक्त गरिन् ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



