नेपालमा थप ४०४७ जनामा संक्रमण

-



     सफल आवाज    
     असाेज २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ असाेज । नेपालमा गएकाे २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साेमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्।

उनका अनुसार साेमबार देशभरमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेकाे छ।

पछिल्लो २४ घण्टामा थप १४ हजार ५ सय ३० वटा पीसीआर परीक्षण भएको हाे। काठमाडौं उपत्यकामा मात्र २ हजार २ सय ८३ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना संक्रमित हुन्। हाल क्वारेन्टाइनमा ४ हजार ८ सय ३१ जना बसेका छन्।

त्यस्तै २४ घण्टामा थप १ हजार ४ सय ७३ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। याे सहित नेपालमा कोरोना मुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ।

यसैगरी पछिल्लाे समय ९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। कुल मृत्यु हुनेकाे संख्या ६ सय ४५ पुगेकाे छ ।

यसैबिच सरकारले देशका विभिन्न स्तरका अस्पतालकाे स्तराेन्ननतीका लागि सरकारले ठूलाेमात्रामा रकम पठाएकाे प्रवक्ता गाैतमले जनाए।