गुराँस लाइफकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ असाेज । गुराँस लाइफ इन्स्याेरेन्सकाे लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले ७.८३% लाभांश वितरणका लागि कात्तिक ४ गते साधारण सभा बाेलाएकाे छ ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनार्थ कम्पनीले बुधबार बुकक्लोज गर्ने बताएकाे छ। यसका लागि सेयरधनीहरुले आजसम्म नेप्सेमा काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम रहने सेयरधनीले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् । 

साधारण सभाबाट ७.४४% बोनस सेयर र कर प्रयाेजनका लागि ०.३९% नगदसहित ७.८३% लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन हुनेछ । साथै सभामा यूनियन लाइफ र प्राइम लाइफसँग गरिने मर्जरका लागि हुने सम्झौता पत्रको मस्यौदा पनि अनुमाेदन हुनेछ।

यस्तै सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाहलगायतका एजेण्डामा छलफल गरिने भएकाे छ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षककाे नियुक्ति र पाउने पारिश्रमिक निर्धारण गरिने भएकाे छ ।

साधारण सभा कात्तिक ४ गते काठमाडौं तिनकुनेस्थित राजभवनमामा रहेकाे प्रधान कार्यालयमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।