उम्मेदवारको नामावली आज साँझ प्रकाशन गरिने

-



     सफल आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ असोज । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज मंगलबार प्रकाशन गर्दैछ । आयोगका अनुसार आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।  आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुँदैछ ।

आयोगले आइतबार उम्मेदवारी दर्ता गर्ने र सोमबार उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरेको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गरिने भएको हो । उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुने आयोगको भनाइ छ ।

आज प्रकाशित नामावलीमा रहेकाहरुलाई उम्मेदवारी फिर्ता लिनका लागि बुधबार बिहान १० बजेदेखि १ बजेसम्मको समयमा दिइएको छ । यसरी उम्मेदवारी फिर्ता र उजुरी परेका हरुको अध्ययनपछि आयोगले बुधबार दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताइएको छ । अन्तिम नामावलीमा रहेका उम्मेदवारलाई आयोगले बुधबारै ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।