
काठमाडौं, २६ असाेज । राधी विद्युत कम्पनीको हकप्रदमा मागको ७२.८५ प्रतिशतमात्र आवेदन परेको छ । कम्पनीले गत असोज ५ गतेदेखि बिक्री खुलाएको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयरका लागि हिजो मंगलबारसम्म आवेदन दिने म्याद रहेकोमा ६९ लाख ४७ हजार ४४० कित्ता हकप्रदका लागि ३८ हजार ४२४ आवेदन प्राप्त भएका छन् । यो आँकडा मागको ७२.८५ प्रतिशतमात्र हो ।
कम्पनीले १ः१.४७५२ काे अनुपातमा बिक्री खुलाएको हकप्रद सेयर बिक्रीका लागि गत भदौ १२ गते बुक क्लोज गरेकाे थियाे । यस हिसाबले गत भदौ ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन पाउने थिए ।
यसका लागि मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली, मुक्तिनाथ विकास बैंक इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङ बेसीशहरस्थित शाखाबाट आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ रहेकाेमा हकप्रद सेयर बिक्री भएपछि चुक्ता १ अर्ब ६० करोड पुग्नेछ ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



