आकस्मिक बाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

- काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने सरकारकाे तयारी

-



     सफल आवाज    
     असाेज २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ असोज । काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिक बाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेकाेले मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ रहेकाे छ । सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने समेत जनाएको छ ।

काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने कार्यको शुरुआत समेत भएको आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिएका छन ।

सार्वजनिक स्थान तथा सार्वजनिक यातायातमा सुरक्षाका मापदण्ड कडाइका साथ लागु गर्न गराउन सम्बद्ध निकायलाई अनुरोध गरिने भएको छ । यात्रापूर्व सात दिन र गन्तव्यमा पुगिसकेपछि पुनः सात दिन एकान्तबास बसी कोरोनासँग सम्बन्धित कुनै लक्षण देखिए चिकित्सकको निगरानीमा बस्न मन्त्रालयले आग्रह गरेको बताइएकाे छ ।