
काठमाडौं, २७ असोज । यस वर्षको एसईई परीक्षा आगमी चैत दोस्रो साता सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने तालिका सार्वजनिक गरेको हो । बोर्डले उक्त परीक्षाको नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने पनि जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको तालिका अनुसार प्रदेशले कक्षा १० को परीक्षाको लागि आवेदन फाराम छपाई र वितरण कार्तिक मसान्तसम्म गरिसक्नुपर्नेछ । यस्तै जिल्लाले आवेदन फाराम मंसिरभित्र भराउनु पर्नेछ र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्ने बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० ले माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्नुपर्नेछ । जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने र सिम्बोल नम्बर कायम गर्ने काम सक्नुपर्नेछ । फागुन दोस्रो हप्तासम्म परीक्षा केन्द्र इन्ट्री र रुजु गर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण पठाउनुपर्ने तालिका छ ।
यसैगरीका २०८० को साउन अन्तिम हप्ता पुरक परीक्षा सञ्चालन हुनेछ । बोर्डका अनुसार कक्षा ९ को विद्यार्थी रजिष्ट्रेसन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका प्रकाशन गरिनेछ ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



